सोमबार, माघ २६, २०८२

प्रदेश अस्पतालबाट २४ घाइते ‘डिस्चार्ज’, अन्यको अवस्था सामान्य

मेरोन्यूज २०८० कार्तिक २४ गते १२:२३
3fOt]x?sf] :jf:Yo cj:yfaf/] hfgsf/L lnFb} g]qL cof{n /fFemf-afFs]_,!* sflQsM g]skf-Pdfn]_ s]Gb|Lo ;lrj Pjd\ k”j{dGqL kb\df cof{n zlgaf/ g]kfnu~hl:yt e]/L c:ktfn k’uL pkrf//t hfh/sf]6sf] e”sDkdf k/L 3fOt]x?sf] :jf:Yo cj:yfaf/] hfgsf/L lnFb} . tl:a/Me]if/fh a:g]t÷/f;;

भेरीगङ्गा (सुर्खेत) । भूकम्पमा परी घाइते भइ कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार गराइरहेका २४ जना ‘डिस्चार्ज’ भएका छन् ।

जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भई यही कात्तिक १७ गते गएको भूकम्पका परी गम्भीर घाइते भएकामध्ये ४५ जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो । तीमध्ये २४ जना डिस्चार्ज भएका हुन् ।

अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काकाअनुसार भूकम्पमा परी घाइते भएकामध्ये जाजरकोटका २५ जना, रुकुमपश्चिम १३ जना र दैलेख गुराँस गाउँपालिकाका एक जनाले उपचार गराइरहेकामा २४ जनालाई निको भएर घर फर्किएका छन् । अस्पतालमा उपचार गराइरहेका अन्य २१ जनाको अवस्था पनि सुधार हुँदै गएको उनले जानकारी दिए ।

आज पत्रकार सम्मेलनको आयोजना गरी घाइतेको अवस्थाका बारेमा जानकारी दिँदै डाक्टर खड्काले उनीहरुको उपचारका लागि पाँच जना चिकित्सक खटाइएको बताए । अहिले एक जना घाइतेको न्यूरो आइसियु भेन्टिलेटरमा उपचार भइरहेको छ भने एक जनाको आइसियुमा उपचार भइरहेको छ । अन्य १९ जनाको जनरल वार्डमा उपचार भइरहेको खड्काले बताए ।

घाइते भएकामध्ये अस्पतालमा पाँच वर्ष मुनिका छ जना बालबालिकाको उपचार भइरहेको छ भने पाँच जनाको शल्यक्रिया गरिएको छ । अस्पतालका निर्देशक खड्काले घाइतेको उपचार तथा व्यवस्थापन गर्न अस्पतालका विपद् व्यवस्थापन समिति सक्रिय भई उपचार टोली चौबिसै घण्टा खटिएको बताए ।

प्रतिक्रिया