त्रिविको उपकुलपति सिफारिस गर्न शिक्षामन्त्रीको संयोजकत्वमा समिति गठन
मेरोन्यूज
२०८० कार्तिक २४ गते १७:४०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति सिफारिसका लागि शिक्षामन्त्री अशोक राईको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको छ ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री राईको अध्यक्षतामा सचिव सुरेश अधिकारी र त्रिविका बौद्ध अध्ययन विभागका प्रमुख डा. चन्द्रकला घिमिरे रहेको समिति गठन गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार समितिले सिफारिस गरेका नाम मन्त्रिपरिषद्मा पेस गर्ने र उपकुलपति नियुक्त गरिनेछ ।
त्रिविका उपकुलपति डा. धर्मकान्त बास्कोटाको कार्यकाल कात्तिक १८ गते सकिएको थियोे ।
सम्बन्धित
















इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको भनाइ
नेपालले यूएईलाई आठ विकेटले हरायो
रातो मछिन्द्रनाथको जात्रा सुरु (तस्वीरहरू)
ओमानसँग खेल्ने नेपाल ‘ए’ टोलीको घोषणा
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
याडियाको नयाँ वर्ष अफर : शून्य प्रतिशत ब्याजदरमा इएमआईसँगै आकर्षक उपहार
प्रतिक्रिया