१२ वर्षअघि रविनको हत्या गरी फरार बुद्धिराज पक्राउ

विराटनगर । १२ वर्षअघिको हत्या आरोपमा संखुवासभाको धर्मदेवी नगरपालिका–२ का २८ वर्षीय बुद्दे भनिने बुद्धिराज जिमीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको छ ।
धर्मदेवी नगरपालिका २ का जिमीमाथि २०६८ साल फागुन ३ गते साविक तामाफोक गाउँपालिका–५ (हाल धर्मदेवी–२) का रविन जिमीको हत्या गरेको आरोप छ । घटनापछि फरार रहेका उनी तीन दिनअघि मात्रै घर आइपुगेको जानकारी पाएर खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए । डिएसपी श्रेष्ठले युवतीको विषयमा विवाद हुँदा रामकुमार जिमी, बुद्धिराज जिमीसहितले रविनको हत्या गरेको अभियोग भएको जानकारी दिए । घटना हुँदा जिमी १६ वर्षको मात्रै थिए ।
घटनापछि फरार रहेका जिमी धरान र काठमाडौँ बस्दै आएका थिए । पेन्टिङको काम गर्ने उनी यसअघि घर नपुगेको प्रहरीको भनाइ छ । घटनापछि घर बाहिरै बसेका उनले ६ वर्षअघि विहे पनि गरेका थिए । घटनाको १२ वर्षपछि तिहार मान्नका लागि घर पुगेका बेला उनी पक्राउ परेका हुन् ।
हत्या अभियोगमा पक्राउ परेका उनलाई शुक्रबार अदालतमा उपस्थित गराइएको डिएसपी श्रेष्ठले बताए । बयानपछि अदालतले उनको विषयमा फैसला गर्नेछ ।











निर्वाचन अवधीमा मौसम प्रणालीमा समस्या छैन – मौसम विभाग
आईसीसी लिग-२ को तयारीका लागि २० खेलाडी छनोट
रवि लामिछानेलाई दमौलीमा देखाइयो कालो झण्डा, सात जना पक्राउ
सरकारले निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउँछः गृहमन्त्री अर्याल
राष्ट्रसंघकी आवासीय संयोजक याहियासँग महासङ्घका अध्यक्ष ढकालको भेटवार्ता
आज २०८२ साल फागुन १३ गते बुधबारको राशिफल
‘फेक रेस्क्यू’मा संलग्न थप दुई जना पक्राउ
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
आज कतिमा किनबेच हुँदैछ सुन ?
प्रतिक्रिया