एभरेष्ट बैंकको सञ्चालक समिति अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त
मेरोन्यूज
२०८० कार्तिक २५ गते १२:०१

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन् । कात्तिक २३ गते सम्पन्न बैंकको ३६० औं सञ्चालक समितिको बैठकले वैद्यलाई अध्यक्षमा नियुक्त गरेको हो ।
साथै उनले कात्तिक २४ गते शुक्रवार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
विगत २० वर्षदेखि बैंकको सञ्चालक समिति सदस्य रहेका डा. वैद्य अर्थ विज्ञका रुपमा परिचित छन् ।
राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. वैद्यले फिलिपिन्सबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
साथै, उनले बोर्ड अफ ट्रष्टी र गरिवी निवारण कोषको सदस्यका रुपमा पनि काम गरेका छन् ।
उनको अध्यक्षतामा उल्लेखनीय प्रगति गर्दै बैंकको नारा जस्तै दिगो, दरिलो र विश्वासिलो बन्दै बैंकिङ क्षेत्रमा अग्रणी स्थान हासिल गर्ने विश्वास लिइएको बैंकले जनाएको छ ।
सम्बन्धित


















विश्वकप लिग–२ सिरिजका लागि नेपाली १५ सदस्यीय टोली घोषणा, अर्जुनले पनि पाए मौका
इजरायल र लेबनानबिच युद्धविराम गर्ने सहमति, इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
सन् २०२५ मा नौ सय रोहिंग्या शरणार्थीको मृत्यु
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
अन्डमान सागरमा आप्रवासी बोकेको डुङ्गा दुर्घटना, २५० बेपत्ता
प्रतिक्रिया