शुक्रबार, माघ २३, २०८२

नवलपरासीको देवचुलीमा जिप दुर्घटना, ६ जनाको मृत्यु

मेरोन्यूज २०८० कार्तिक २६ गते १२:४९

नवलपरासी । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका-९ मा जिप दुर्घटनमा परेको छ । आइतबार भएको दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् ।

मृत्यु हुनेमा तीन जना महिला र तीन जना पुरुष रहेको छन् । उनीहरुको पहिचान खुलिसकेको छैन ।

नवलपुरको बौदीकाली गाउँपालिकाको माझडाँडाबाट आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका-गोरेघुम्तीमा दुर्घटना भएको हो । 

थप विवरण आउन बाँकी छ। 

प्रतिक्रिया