शुक्रबार, माघ २३, २०८२

फर्किए सीपीसी तिब्बतका सचिव वाङ

मेरोन्यूज २०८० कार्तिक २६ गते १३:५८
फाइल फोटो

काठमाडौं । पाँच दिने नेपाल भ्रमणका क्रममा बुधबार काठमाडौं आइपुगेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का तिब्बत सचिव वाङ चुनचङ नेतृत्वको टोली आज स्वदेश फर्केको छ ।

वाङ नेतृत्वको टोली श्रीलंकन एयरलाइन्सको जाहाज (फ्लाइट यूएल १८२ नम्बरको जाहाज) बाट फर्केका हुन् । ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गदै वाङ चुनचङ नेपाल भ्रम्णमा आएका थिए ।

सुरक्षा संवेदनशीलताको हिसाबले अत्यन्तै महत्त्वपूर्ण मानिने चीनको स्वशासित क्षेत्र तिब्बतका सचिव वाङ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणमा काठमाडौं आएका थिए ।
प्रधानमन्त्री प्रचण्डको गत महिना भएको चीन भ्रमणका दौरान तिब्बतमा सचिव वाङले प्रचण्डसहित नेपाली प्रतिनिधिमण्डललाई स्वागत गरेका थिए । उनी चिनियाँ राष्ट्रपति सी चिनफिङनिकट मानिन्छन् ।

वाङ नेृतत्वको टोली नेपालमा रहँँदा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसाहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री, मन्त्रीहरु र विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट गरेका थिए ।

भेटवार्तामा नेपाल र चीनबीचको सुमधुर सम्बन्धका विविध आयामबारे छलफल भएको नेपालका अधिकारीहरुले जनाएका छन् । नेकपा एमाले अध्यक्ष केपी ओलीले वाङ नेतृत्वको टोलीलाई शनिबार राती रात्रीभोज दिएको थियो ।

सचिव वाङको यो भ्रमण नेपालका प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा भएको समझदारी लागू गराउने उद्देश्यले भएको बताइएको थियो ।

प्रतिक्रिया