शुक्रबार, माघ २३, २०८२

पाल्पामा मोटरसाइकल एक आपसमा ठोक्किंदा ५ जना घाइते

मेरोन्यूज २०८० कार्तिक २८ गते १०:५३

पाल्पा । पूर्वी पाल्पाको रामपुरमा दुई वटा मोटसाइकल एक आपसमा ठोक्किंदा पाँच जना घाइते भएका छन् ।

सोमबार बेलुका रामपुर–१० बर्दलेबाट रामपुर बजारतर्फ गइरहेको लु२१प ५८४४ नम्बरको मोटरसाइकल र रामपुरतर्फ नै गइरहेको लु२१प ९९०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किंदा दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाईते हुनेहरुमा रामपुर-१० अदमाराका १६ वर्षीय आकाश सारु, सोही स्थानका १७ वर्षीय सुदिप सिंजालीमगर, स्याङ्जाको चापकोट –९, का १९ वर्षीय विदुर भण्डारी, सोही स्थानका १९ वर्षीय सुदिप भण्डारी र सोही स्थानका ६ वर्षीय बालक एलएस भण्डारी रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घाइतेहरूमध्ये आकाश, विदुर र सुदिपको अवस्था गम्भीर रहेको र सबै घाइतेको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको र घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घटनाबारेमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया