रवि लामिछानेले भने- प्रधानमन्त्रीले मेरै अगाडी भ्रमपुर्ण अभिव्यक्ति दिनुभयो
कुन- कुन दलले टिकटक बन्द गर्न सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिन आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्रीले भ्रमपूर्ण अभिब्यक्ति दिएको बताएका छन् । टिकटक बन्द गर्ने सन्दर्भमा प्रधानमन्त्रीले सबै राजनीतिक दल, प्रतिपक्ष र प्रमुख प्रतिपक्ष दलका नेताहरु समेतको सहमतिका आधारमा बन्द गर्ने निर्णयमा पुगिएको बताएको अभिब्यक्ति गलत र भ्रमपूर्ण भएको लामिछानेले बताएका हुन् ।
‘प्रधानमन्त्री ज्यु ले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपुर्ण अभिव्यक्ति दिनु भयो। टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता पक्षीय र विपक्षी सबै दलको सहमति र छलफल पछि निर्णयमा पुगेको बताउनु भयो।’ लामिछानेले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्,–‘ म लगायत रास्वपा का कुनै नेता सँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति भएको छैन। छदै छैन।’
लामिछानेले प्रधानमन्त्रीले त्यस्तो गलत अभिव्यक्ति सच्याउनुपर्ने पनि बताए । उनले अझ प्रधानमन्त्रीलाई प्रश्न गदैं भने, ‘कुन कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिनु हुनेछ भन्ने विश्वास लिएको छु।’
भक्तपुरमा आज नेपाल संवत ११४४ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सामाजिक सद्भाव र पारिवारिक एकता खलबल हुनबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको प्रस्टोक्ति दिएका थिए ।
त्यसक्रममा प्रधानमन्त्रीले समाजमा विसंगति विकृति अराजकता फैलाउने,राज्यलाई जिम्मेवारीबाट अगाडि बढ्न रोक्ने खालका प्रवृत्ति कसरी नियन्त्रण गर्ने भनेर लामो छलफलपछि देशभित्रका सबै राजनीतिक दल सत्तापक्ष,प्रतिपक्ष सबैको सहमतिपछि टिकटक बन्द बारे निर्णय लिएको बताएका थिए । त्यही कार्यक्रममा सँगै रहेका लामिछानेले प्रधानमन्त्रीको अभिब्यक्तिपछि सामाजिक सन्जालमा झुट बोलेको बताएका हुन् ।

















अष्ट्रेलिया र इन्डोनेसियाद्वारा नयाँ सुरक्षा सन्धिमा हस्ताक्षर
Thailand votes after three prime ministers in two years
राष्ट्रियसभा बैठक सुरु
दुर्गा प्रसाईं फेरि पक्राउ
HoR election: EC to depute volunteers in all wards for voter education
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
प्रतिक्रिया