सोमबार, माघ २६, २०८२

सेनाद्वारा आगलागीका घाइतेको हवाई उद्धार

मेरोन्यूज २०८० कार्तिक २८ गते १६:५३

काठमाडौँ । नेपाली सेनाले १० जना आगोले पोलेका घाइतेको हवाई उद्धार गरेको छ ।

यही कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार जना प्रहरी र २३ जना सर्वसाधारणसमेत २७ जनामध्ये तत्काल झापाका अस्पताल लगिएका १० जनालाई आज नेपाली सेनाको विमानद्वारा चन्द्रगढीबाट काठमाडौँ ल्याइएको हो ।

कार्कीको घरमा भएको आगलागीमा घाइते भएका १४ जनालाई हिजो सोमबार नेपाली सेनाको विमानद्वारा विराटनगरबाट काठमाडौँ ल्याइएको थियो ।

गत आइतबार राति साढे १० बजे उर्लाबारी–७ बारगाछीस्थित दीपक काकीको घरमा आगोलागी हुँदा पार्किङमा राखिएको कार विस्फोट भएको थियो।

सो विस्फोटमा परेर ४ जना प्रहरी र २३ जना सर्वसाधरण गम्भीर घाइते भएका छन्। घाइतेमध्ये १४ जनालाई सोमबार नै काठमाडौं ल्याइएको थियो।

उनीहरूको कीर्तिपुरस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ।

प्रतिक्रिया