विश्वकप क्रिक्रेट सेमिफाइनल
न्युजिल्यान्डविरुद्ध कोहलीको विश्व कीर्तिमानी शतक

काठमाडौं । भारतका विराट कोहलीले आइसिसी विश्व कप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डविरुद्ध विश्व कीर्तिमानी शतक हानेका छन् । उनले १ सय ६ बलमा शतक पूरा गरेका हुन् ।
कोहलीको ओडिआइ करिअरको ५० औं शतक हो । उनी ओडिआइमा सर्वाधिक शतक हान्ने खेलाडी बनेका छन् । कोहलीले सचिन तेन्दुलकरको ४९ औं शतकको कीर्तिमान तोडेका हुन् । ओडिआईमा सचिनपछी रोहित शर्माले ३१ औ शतक हानेका छन् ।
वानखडे क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले ४२ ओभरमा १ विके गुमाउँदै ३ सय ३ रन बनाएका छन् ।
भारतका कोहली १ सय ८ बलमा ९ चौका र १ छक्कासहित १ सय ६ रनमा खेलेका छन् । श्रेयस ऎर ५० बलमा ३ चौका र ४ छक्कासहित ६६ रनमा खेलेका छन ।
युवा ओपनर शुभमन गिल ६५ बलमा ८ चौका र ३ छक्कासहित ७९ रनमा रिटाउर्ड हर्ट भए । उनिलाई खेल्न केही गाह्रो भएपछि पेभेलियन फर्केका थिए । गिल रिटायर्ड हर्ट भएपछि ब्याटिङ गर्न आएका श्रेयसले उत्कृष्ट प्रदर्शन गरेका छन् ।
भारतलाई कप्तान रोहित शर्माले २९ बलमा ४ चौका र ४ छक्कासहित ४७ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए ।
















अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ
रसुवा भन्सारमा सामान जाँचपास सुरु
गगनलाई सुदूरपश्चिमका मुख्यमन्त्रीको प्रश्न– देउवालाई टिकट नदिनुको कारण के ?
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
विधिको शासनको कार्यान्वयनप्रति न्यायपालिका प्रतिबद्ध छः कामु प्रधानन्यायाधीश
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया