बिहीबार, चैत १९, २०८२

भारतले न्युजिल्यान्डलाई जितका लागि दियो ३९८ रनको विशाल लक्ष्य

मेरोन्यूज २०८० कार्तिक २९ गते १८:२४

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकपको सेमिफाइनलमा घरेलु टिम भारतले न्युजिल्यान्डलाई जितका लागि ३९८ रनको विशाल लक्ष्य दिएको छ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४ विकेटको क्षतिमा ३९७ रन बनाएको हो ।

भारतका लागि विराट कोहलीले कीर्तिमानी ब्याटिङ गर्दै ११७ रन जोडे। उनले एकदिवसीय खेलमा ५०औं शतक प्रहार गरेका हुन्। अघिल्लो साता सचिन तेन्दुल्करको नाममा रहेको ४९ एकदिवसीय शतकको कीर्तिमान बराबरी गरेका कोहलीले बुधबार एकदिवसीय खेलमा सर्वाधिक शतकको नयाँ कीर्तिमान बनाएका हुन्। उनले खेलमा ११३ बलमा ९ चौका र २ छक्का हिर्काए।

भारतका लागि श्रेयस अय्यरले पनि शतक प्रहार गरेका छन् । उनले ७० बलमा ४ चौका र ८ छक्काको मद्दतमा १०५ रन जोडे।

त्यसअघि ओपनर तथा कप्तान रोहित शर्माले ४७ रन जोडे। अर्का ओपनर शुभमन गिल ८० रन र केएल राहुल ३९ रनमा नटआउट रहे।

बलिङमा न्युजिल्यान्डका टिम साउथीले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया