सोमबार, माघ २६, २०८२

काठमाडौं उपत्यकामा ३७ स्थानबाट एक करोड भन्दा बढीको धनमाल चोरी

मेरोन्यूज २०८० कार्तिक ३० गते १७:२९

काठमाडौं । दसैँपछिमात्रै काठमाडौं उपत्यकाका विभिन्न् ३७ स्थानबाट एक करोड भन्दा बढीको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका अनुसार कात्तिक ११ गतेदेखि कात्तिक ३० गते राति नौ बजेसम्म काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका विभिन्न ३७ स्थानबाट गरेर एक करोड तीन लाख ६६ हजार १९५ बरारबरको धनमाल चोरी भएको हो ।

जसमा काठमाण्डौंका २५ स्थानबाट २७ लाख ७ हजार ४४५, ललितपुरका १० स्थानबाट २५ लाख ३० हजार ७५० र भक्तपुरका सात स्थानबाट सबैभन्दा बढी ५० लाख ५६ हजार बराबरको धनमाल चोरी भएको कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक ९एसएसपी० दिनेशराज मैनालीले जानकारी दिए ।

उनका अनुसार चोरीमा संलग्न १० जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

के के भए दशैपछिको यो अवधीमा हेर्नुहोस् प्रहरी तथ्यांक ?

काठमाण्डौ उपत्यका प्रहरी कार्यालयबाट जारी गरिएको प्रेष बिज्ञप्‍ति
मिति : २०८०।०७।३० गते ।

मिति २०८०।०७।११गतेदेखि ०७।३०गते ०९ :०० गते सम्मको तास र लङ्गुरबुर्जा सम्बन्धी विवरण :
▪ काठमाण्डौ : १२ स्थान ।
▪ ललितपुर : २ स्थान ।
▪ भक्तपुर : २ स्थान ।
▪ नियन्त्रणमा लिइएका व्यक्तिहरु : १३३ जना,
▪ तास : ६९ बुक,
▪ चेक रु: २००००(बीस हजार) थान -१,
▪ जम्मा नगद बरामद : २१,७१,३३५।– (एक्काइस लाख एकहत्तर हजार तीन सय पैँतीस) ।

मिति २०८०।०७।११ गतेदेखि ०७।३० गतेसम्मको कौडा सम्बन्धी विवरण :
▪ काठमाण्डौ : १ स्थान,
▪ ललितपुर : १ स्थान,
▪ नियन्त्रणमा लिइएका व्यक्तिहरु : ३२ जना,
▪ जम्मा नगद बरामद : १२,९१,५५० ( बाह् लाख एकानब्बे लाख पाँच सय पचास) ।

मिति २०८०।०७।११ गतेदेखि ०७।३० गतेसम्मको पटाका बरामद सम्बन्धी विवरण
▪ नियन्त्रणमा लिइएका व्यक्तिहरु : ८ जना,
▪ पटाका वरामद : ३४४ प्याकेट,
▪ थान : १९१३६,
▪ पिस ८८६९,
▪ खुर्सानी पटाका २ बण्डल ।

मिति २०८०।०७।११ गतेदेखि ०७।३० गते ९:०० सम्मको आगोलागी सम्बन्धी विवरण :
▪ काठमाण्डौ : ८ स्थान,
▪ ललितपुर : ४ स्थान,
▪ भक्तपुर : २ स्थान ( भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा वडा नं.- १ लोकन्थली बस्ने बर्ष ८२ की जेष्‍ठ नागरिकको लक्ष्मीपूजा गर्ने क्रममा जल्न गई दुस्खद मृत्यु भएको),
▪ जम्मा क्षति अं. मूल्य: – ८,७७,४५,०००।–

मिति २०८०।०७।११ गतेदेखि ०७।३० गते ०९: ०० सम्मको सवारी दुर्घटना सम्बन्धी विवरण :
काठमाण्डौ :
▪ आफैँ दुर्घटना – ३९, घाइते- ४२, मृत्यु- १, पक्राउ- ८ जना,
▪ अन्यसँग ठोक्किई भएको दुर्घटना- ९४, घाइते- ११८, मृत्यु- १ र पक्राउ- ५५ जना ।
ललितपुर :
▪ आफैँ दुर्घटना – १९, घाइते- ११, मृत्यु- ४, पक्राउ-४ जना,
▪ अन्यसँग ठोक्किई भएको दुर्घटना- ३०, घाइते-३४ र पक्राउ-१४ जना ।
भक्तपुर :
▪ आफैँ दुर्घटना – १६, घाइते-२३, पक्राउ-३ जना,
▪ अन्यसँग ठोक्किई भएको दुर्घटना- ६८, घाइते-१०२, मृत्यु-१ र पक्राउ-२४ जना ।

मिति २०८०।०७।११ गतेदेखि ०७।३० गते ०९: ०० गतेसम्मको चोरी सम्बन्धी विवरण :
▪ काठमाण्डौ : – २० स्थान ( रु. २७,७९,४४५ बराबरको धनमाल चोरी भएको),
▪ ललितपुर : – १० स्थान ( रु. २५,३०,७५० बराबरको चोरी भएको),
▪ भक्तपुर : – ७ स्थान ( रु. ५०,५६,००० बराबरको चोरी भएको_,
▪ नियन्त्रणमा लिइएका व्यक्तिहरु :- ७ जना ।

मिति २०८०।०७।११ गतेदेखि ०७।३० गते ०९ :०० गतेसम्मको लुटपाट सम्बन्धी विवरण :
▪ काठमाण्डौ- ५ स्थान,
▪ नियन्त्रणमा लिइएका व्यक्तिहरु- ३ जना ।

उपरोक्त घटनाका सम्बन्धमा प्रहरीद्वारा थप अनुसन्धान भई रहेको ।

प्रतिक्रिया