चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुई गैँडा मारे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी छ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका हुन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका छन् । उनले भने , “छ वर्षको गैँडाको खाग काटिएको देखिएको छ । अर्को ठूलो गैँडाको खाग छैन ।”
छ वर्षको गैँडा मृत भेटिएको खाल्डो नयाँ हो भने अर्को गैँडाको खाल्डो तुलनात्मकरूपमा केही पुरानो देखिएको सूचना अधिकारी तिवारीले जानकारी दिए । सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ ।
बिहीबार साँझमात्र घटनाको विवरण आएलगत्तै अनुसन्धान थालिएको उनले बताए । यस वर्ष निकुञ्जमा चोरी–सिकारीबाट पहिलोपटक गैँडा मरेका हुन् । प्राकृतिक कारणले पाँचवटा गैँडा मरेका छन् । गत वर्ष तस्करले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए ।
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया