सोमबार, माघ २६, २०८२

जुवा खेल्दा खेल्दै घर र होटलबाट २० जना पक्राउ

मेरोन्यूज २०८० मंसिर १ गते ११:१५

काठमाडौं । झापा, गौरादह नगरपालिका-३ बस्ने युवराज खड्काको घरमा जुवातास खेलिरहेका १५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय दमक र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

सोही नगरपालिका-४ बस्ने ४७ वर्षीय टंक बराल समेत १५ जनालाई शुक्रबार बिहान पक्राउ गरेको हो । उनीहरूबाट नगद १ लाख ३५ हजार ९ सय २० रूपैयाँ, कौडा १६ थान र ३ बुक तास बरामद भएको छ ।
त्यस्तै, भोजपुर, टेम्केमैयुङ गाउँपालिका- ९ पान्धारे बजारस्थित सम्झना होटलमा जुवातास खेलिरहेका ५ जना पक्राउ परेका छन् । । प्रहरी चौकी पान्धारेबाट खटिएको प्रहरीले होटल संचालक सोही ठाउँ बस्ने ३६ वर्षीय राजकुमार तामाङसमेत ५ जनालाई बिहीबार राति पक्राउ गरेको हो ।

उनीहरूबाट नगद १३ हजार ४० रूपैयाँ र १ बुक तास बरामद भएको छ । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया