नेपालले जापानलाई दियो ११६ रनको लक्ष्य
मेरोन्यूज
२०८० मंसिर ३ गते ९:२२

काठमाडौँ । चार देश सम्मिलित महिला टी-२० सिरिजमा नेपालले जापानलाई ११६ रनको लक्ष्य दिएको छ।
हङकङ क्रिकेट क्लबको मैदानमा पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाउँदा ११५ रन बनाएको हो।
नेपालका लागि ओपनर पुजा महतोले ४३ रन बनाइन्। उनले ५१ बलमा ३ चौका प्रहार गरिन्।
त्यस्तै रोमा थापाले १९ बलमा ३ चौका हानेर २२ रन बनाउँदा १९ बल खेलेकी रूबिना क्षेत्रीले २ चौका प्रहार गरी २१ रनको योगदान गरिन्। कप्तान इन्दु बर्माले २१ बलमा १ चौका प्रहार गरी १२ रन जोडिन्।
बलिङतर्फ जापानकी अहिल्या चन्डेल, इरिका तोङ्ची क्वीन र अयुमी फुजिकावाले एकरएक विकेट लिइन्।
जवाफी ब्याटिङ गरिरहेको जापान ५ ओभरमा १८ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
मञ्जुश्री ‘कोअप्रेटिभ’ का अध्यक्ष घिमिरे पक्राउ
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया