चिसोले १० दिनमा १० भूकम्पपीडितको मृत्यु

काठमाडौं । पश्चिम नेपालको जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट घरबारबिहिन भएका भूकम्पपीडितहरुको चिसोका कारण दिनहुँ मृत्यु हुन थालेको छ । एकातिर घरबार बिहिन भएका र भूकम्पमा बाँचेर ज्यान बचाएकाहरुमध्ये बृद्दबृद्दाहरुको अहिले चिसोका कारण मत्यु हुन थालेको छ ।
कात्तिक २४ यताका १० दिनमा जाजरकोटमा मात्रै चिसोले मृत्यु हुनेको संख्या १० पुगेको छ ।
सरकारले पीडित परिवारका लागि प्रति परिवार एउटा त्रिपाल र एउटा मात्र कम्बल उपलब्ध गराएको र रातभर चल्ने सिरेठो र शित छल्न नसक्दा कतिपय बृद्दवृद्दाको निधन हुन थालेको छ ।
जाजरकोटको बारकोट गाँउपालिकामा मात्रै ४ जना बृद्दबृद्दाको चिसोका कारण निधन भईसकेको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका जाजरकोटका नेता निरज आचार्यका अनुसार बारकोटमा मात्रै अहिलेसम्म ५५ बर्ष देखि ७९ वर्षसम्मका बृद्दवृद्दाले चिसोका कारण ज्यान गुमाउनु परेको छ ।
बारकोट गाँउपालिका ४ जिरीका ७९ वर्षका नरेन्द्रबहादुर सिंह, १ का ७० वर्षिय डुम्रे पुन, बयालाका ६० वर्षीय कर्णवीर विक र ६ का ५५ वर्षीय वीरबहादुर विकको चिसोकै कारण मृत्यु भएको छ ।
बारकोटमा मात्रै होइन, जाजरकोटको भेरी नगरपालिका, नलगाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र छेडागाड नगरपालिकामा समेत चिसोका कारण भूकम्पपीडितहरुको मत्यु भएको छ ।
‘‘हिलेसम्म जिल्लामा चिसोका कारण मर्नेहरुको संख्या १० पुगिसकेको छ,’’एमाले केन्द्रीय सदस्य आचार्यले भने,–‘तत्काल पीडित परिवारलाई अस्थायी बासको ब्यवस्थापन, रातभरीको शीत र सिरेठो छल्नका लागि आवश्यकमात्रामा कब्बल उपलब्ध गराउनुपर्ने देखिएको छ ।’
भेरी नगरपालिकामा २ जना, नलगाड नगरपालिकामा २ जनार जुनीजाँदे र छेडागाड मा एक एक जना भूकम्पपीडितको चिसोका कारण मृत्यु भएको छ । यसरी ज्यान गुमाउनेहरु विशेषगरी दमका रोगीहरु रहेको देखिएको छ । चिसोका कारण फोक्सो र मुटुका विरामीहरुलाई बढी समस्या देखिएको र उनीहरुले चिसो थेग्न नसक्दा ज्यान गुमाईरहेको देखिएको छ ।
यी हुन् चिसोका कारण ज्यान गुमाउनेहरु (सूची)
बारकोट गाँउपालिका ४ जिरीका ७९ वर्षका नरेन्द्रबहादुर सिंह
२) बारकोट गाँउपालिका १ का ७० वर्षिय डुम्रे पुन
३) बारेकोट गाउँपालिका, बयालाका ६० वर्षीय कर्णवीर विक
४) बारेकोट–६ का ५५ वर्षीय वीरबहादुर विक
५) भेरी नगरपालिका २ का ८८ वर्षीय धुलेश्वर कार्की
६) भेरी नगरपालिका–४, तल्याउनका केशव भडेल
७) नलगाड नगरपालिका ५ का ८४ वर्षिय गोपालबहादुर रावल
८) नलगाड नगरपालिका ४ का ४८ वर्षिय पम्फा रावल
९) जुनीचाँदे गाउँपालिका–४, का ८९ वर्षीया सुगिली नेपाली
१०) छेडागाड नगरपालिका–१३ का ५६ वर्षीया मनसरी कामी
















झापामा ‘सिरिन्ज’ आक्रमणबाट एक जनाको मृत्यु
आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस
कालीमाटी तरकारी बजार विकास समितिले आजका लागि ताेकेकाे कृषिउपजको मूल्य
बैतडी बस दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ३४ घाइते
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
प्रतिक्रिया