विश्वकप फुटबल छनोट : नेपाल र यमनबीचको खेल जारी

काठमाडौं । विश्वकप छनोटको समूह चरणको दोस्रो खेलमा नेपालले अहिले यमनसँग प्रतिस्पर्धा गरिरहेको छ ।
काठमाडौंको दशरथ रंगशालामा जारी खेलमा नेपालले प्लेइङ ११ मा ३ परिवर्तन गरेर खेलिरहेको छ । घरेलु दर्शक र घरेलु मैदानमा बलियो मनोविज्ञानका साथ नेपाली खेलाडी यमनका विरुद्ध प्रतिस्पर्धा गरिरहेका छन् ।
घरेलु मैदानमा भएको खेल हेर्न ठूलो संख्यामा समर्थकहरु रंगशालामा पुगेका छन् ।
यसअघिको खेलमा चोटका कारण बाहिर रहेका डिफेन्डर अनन्त तामाङसँगै दिनेश हेन्जन र ऐरिक विष्टलेसुरुवाती ११ मा स्थान बनाएका छन् । मनिष डाँगी र आयुष घलान भने बेञ्चमा छन् ।
समूह चरणको पहिलो खेलमा नेपाल यूएईसँग र यमन बहराइनसँग पराजित भएका थिए ।
नेपालको प्लेइङ ११
किरण कुमार लिम्बु (कप्तान), रोहित चन्द, अनन्त तामाङ, सनिश श्रेष्ठ, आशिष चौधरी, ऐरिक विष्ट, उत्सव राई, दिनेश हेन्जन, अन्जन विष्ट, जिलेस्पी जंग कार्की र सेसेहाङ आङ्दाम्बे ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया