अर्जेन्टिना र ब्राजिलका फ्यानहरूबीच मैदानमै झडप
मेरोन्यूज
२०८० मंसिर ६ गते ८:४६

काठमाडौं । अर्जेन्टिना र ब्राजिलका समर्थकबीच मैदानमै झडप भएको छ ।
२०२६ को विश्वकप छनोट खेल सुरु हुनु अघि दुई देशका समर्थकबीच मैदानमा नै झडप भएपछि खेल केही समय अवरुद्ध भएको छ ।
बिहान सवा ६ बजे रियो दि जेनेरियोस्थित माराकाना रङ्गशालामा सुरु हुने खेल झडपका कारण खेल आधा घण्टा अवरुद्ध भएको हो ।
दुवै टोली मैदानमा उत्रिएर राष्ट्रिय गान सकिए लगत्तै रंगशालामा फ्यानहरूबीच कुटाकुट हुँदा केही बेर तनावग्रस्त बनेको थियो ।
अवस्था केही शान्त नबनेपछि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्ना खेलाडीसहितड्रेसिङ रुममा गएका थिए।
अहिले खेलको पहिलो हाफ सकिएको छ । पहिलो हाफको समाप्तिमा कुनै पनि टोलीले गोल गर्न सकेका छैनन् ।
जारी छनोटमा अर्जेन्टिनाले ५ खेलबाट १२ अंक जोडेको छ । भने ब्राजिलको ७ अंक छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया