शनिबार, वैशाख २६, २०८३

ब्राजिललाई हराउदै अर्जेन्टिनाले हात पार्‍यो जित

मेरोन्यूज २०८० मंसिर ६ गते ९:१५

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिललाई हराउदै अर्जेन्टिनाले जित हात पारेको छ।

Advertisement
NiccNicc

ब्राजिललाई उसैको मैदानमा अर्जेन्टिनाले १–० गोलको जित हात पारेको हो ।

समर्थकबीच ब्राजिलको माराकाना रंगशालामा झडप हुँदा खेल ढिलो गरी सुरु भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता लिँदा ६३ मिनेटमा निकोलास ओटामेन्डीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। उनले सेल्सोको पासमा गोल गरेका थिए।

खेलको ८१ मिनेटमा ब्राजिल १० खेलाडीमा सीमित बन्यो। अर्जेन्टिनाका डि पललाई ब्राजिलका जोइलिन्टनले हातले धकेलेपछि रेफ्रीले सिधा रातो कार्ड दिएर मैदान बाहिर पठाएका थिए।

जित पछि अर्जेन्टिना शीर्ष स्थानमै छ। अर्जेन्टिनाको ६ खेलबाट १५ अंक छ। दोस्रो स्थानको उरुग्वेको १३ अंक छ। उरुग्वेले आजै बोलिभियालाई ३-० ले हरायो।

यता ब्राजिल भने छैटौं स्थानमा झरेको छ। दक्षिण अमेरिकाबाट २०२६ को विश्वकपका लागि ६ टिम सिधा छनोट हुनेछन् भने एक टिमले अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछ।

प्रतिक्रिया