मंगलबार, वैशाख १, २०८३

बुधबार पनि बढ्याे सुनकाे भाउ, कतिमा हुँदैछ किनबेच ?

मेरोन्यूज २०८० मंसिर ६ गते ११:५०

काठमाडौं । आज बुधबार पनि सुनकाे भाउ बढेको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

मंगलबार प्रतितोला १ लाख १६ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । महासंघका अनुसार आज छापावाला सुन तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य आज स्थिर हुँदै प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया