चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै सेती प्रादेशिक अस्पताल घेराउ
मेरोन्यूज
२०८० मंसिर ६ गते १२:०३

धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा रहेको सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तहरुले विरोध गरेका छन् ।
धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले मंगलबार राति शल्यक्रियामार्फत शिशु जन्माएकी थिईन् । जन्माएको शिशुको मृत्यु भएपछि चिकित्सकले लापरबाही गरेको भन्दै आफन्तले अस्पताल घेराउ गरेका छन् ।
उनीहरूले पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने तथा शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही गर्नू पर्ने माग गरेका छन् ।
सुत्केरीका आफन्त सुरेश सुनारले चिकित्सकको लापरबाहीका कारण शिशुको मृत्यु भएको बताउदै सम्बन्धित चिकित्सकलाई कारबाही गरिनुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने उबताएका छन् ।
सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान ७ बजे बिकलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।
सम्बन्धित
















यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, यस्ताे छ आज देशभरकाे माैसम
आज माघ ७ गते बुधबार, कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
मुलुकबाट अन्योल र अनिश्चितताको अन्त्य भयो, सिङ्गो राष्ट्र निर्वाचनको महाकुम्भमा होमियाे :प्रधानमन्त्री कार्की
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा सबै पक्ष प्रतिबद्ध रहने विश्वास
प्रतिक्रिया