आइतबार, मंसिर ७, २०८२

चलचित्र संघ र निर्माता संघबीच शेयर बाँडफाँडमा सहमति

मेरोन्यूज २०८० मंसिर ७ गते १८:०७

काठमाडौं । चलचित्र संघ र चलचित्र निर्माता संघबीच सम्झौता भएको छ ।

दुई संघबीच बिहीबार ५० प्रतिशत सेयर बाँडफाँडको विषयमा सहमति भएको हो। सहमतिसंगै अब निर्माताहरुले नेपाली चलचित्र निर्माताले अब हलमा फिल्म प्रदर्शन हुञ्जेल ५० प्रतिशत सेयर पाउने भएका छन् ।

चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्काले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

चलचित्र रिलिज भएपछि निर्माताहरूले पाउने सेयर रकममा असन्तुष्टि जनाउँदै ‘दिमाग खराब’ टिमले गरेको विरोधपछि भएपछि यस्तो सहमति जुटेको हो।

प्रतिक्रिया