दुर्गा प्रसाईं समुहले आज देखि तीनकुनेमा प्रर्दशन गर्ने

काठमाडौँ। राजावादी अिभयान्ता बनेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शुक्रवार (आज)बाट काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्ने भएका छन् ।
पहिलो दिन बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईंले आजबाट भने हिजो एमालेको युवा– विद्यार्थीले प्रदर्शन गरेको स्थान तीनकुने काठमाडौंमा प्रदर्शन गर्ने भएका हुन् ।
उनले आफनो नेतृत्वमा शुक्रबारबाट तीनकुनेमा प्रर्दशन हुने बिहिबार बेलुकीब ताएका थिए । उनले भनेका थिए, ‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन । मासले जता भन्छ, जुलुस त्यतै जान्छ ।’
पहिलो दिन बिहिबार काठमाडौं उपत्यकाका विभिन्न ८ ठाउँबाट प्रसाईं नेतृत्वको अभियानले ¥याली निकालेको थियो।
बल्खुमा प्रसाईंका समर्थक र प्रहरीका बीचमा झडप भएको थियो ।
उनका समर्थकहरुले प्रहरी घेरा तोडेर जर्वजस्त त्रिपुरेश्वर हिड्ने भनेर अगाडी बढ्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिनका लागि पानीको फोहोरा, १५७ राउण्ड अश्रुग्याँस, ५ राउण्ड रवरको गोली समेत प्रहार गरेको थियो ।
बैंकबाट चर्काे ऋण लिएका उनी अहिले ऋण तिर्न नसकेपछि २० लाख सम्मका ऋणीको ऋण मिनाहको नारा दिएर सर्वसाधारणलाई राजावादी आवरणमा आन्दोलनमा उतारिरहेका छन् ।

















कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया