काठमाडौं जिल्ला प्रशासनले भन्यो
दुर्गा प्रसाईंलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन, जबर्जस्ती गरे कारबाही हुन्छ

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले दुर्गा प्रसाईंलाई काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिएको बताएको छ । अनुमति बिना जर्वजस्ती गरे कारबाही गर्ने चेतावनी पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले दिएको छ ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता रवीन्द्र प्रसाद आचार्यले बक्तब्य नै दिएर प्रसाईंलाई त्यस क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको बताएका हुन् ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान, नेपालले कार्यक्रम समापनका क्रममा र पत्रकार सम्मेलनमार्फत उत्तेजक, अराजक, हिंसात्मक, ध्वंसात्मक गतिविधि गर्न उक्साउने र व्यक्ति–केन्द्रित भई घृणाजन्य अभिव्यक्ति दिँदै स्थानीय प्रशासनसँग कुनै समन्वय नगरी शुक्रबादेखि काठमाडौँको तीनकुने क्षेत्रमा भेला जम्मा भई निषेधित क्षेत्रतर्फ प्रवेश गर्ने, सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने र शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने मनसायले कार्यक्रम सार्वजनिक गरेकोमा यस कार्यालयको गम्भीर ध्यानार्कषण भएको छ। यसरी गलत मनसायका साथ कार्यक्रम गर्नका लागि स्थानीय प्रशासनबाट उक्त स्थल प्रयोग गर्ने अनुमति प्रदान गरिएको छैन’, काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रवक्ता रवीन्द्र प्रसाद आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘शान्ति सुरक्षामा गम्भीर असर पार्नेगरी प्रचलित कानुनविपरीतका गतिविधि गरेमा कानुनबमोजिम कारबाही गरिने हुँदा कुनै पनि प्रकारका गैरकानुनी गतिविधिहरूमा सहभागिता नजनाउनु हुन सम्बन्धित सबैलाई जानकारी गराइएको छ।’

प्रसाईंले भने बिहिबार बेलुकी पत्रकार सम्मेलन गरेर आज देखि तीनकुनेमा प्रर्दशन गर्ने घोषणा गरेका थिए । ‘अब यो प्रदर्शन व्यवस्था परिवर्तन नहुञ्जेल निरन्तर चल्छ । बिहान ११ बजे खाना खाने र तीनकुने जाने । हामी सिंहदरबारमा पनि जान्छौं, निषेधाज्ञाले केही हुनेवाला छैन । मासले जता भन्छ, जुलुस त्यतै जान्छ ।’ प्रसाईंले भनेका थिए ।
















काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
प्रतिक्रिया