अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगिता : चिनियाँ खेलाडी पोखरामा

कास्की । पोखरामा शनिबारदेखि सञ्चालन हुने नेपाल–चीन मैत्रीपूर्ण अन्तर्राष्ट्रिय पर्वतीय क्रसकन्ट्री दौड प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी पोखरा आइपुगेका छन् ।
‘साझा समृद्धिका लागि दौड’को नाराका साथ आयोजना गरिएको प्रतियोगिताका लागि हिमालयन एयरलाइन्सको विमानमार्फत चिनियाँ खेलाडी गए राति पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङबाट खेलाडी र अफिसियल गरी ९५ चार्टर विमानमार्फत आएका हुन् ।
प्रतियोगितामा नेपालका लागि चिनियाँ राजदूत छन सङ, चीनको युनान प्रान्तको विदेश मामिला कार्यालयका दक्षिण एसिया निर्देशक झु वेनझोङ, युनान पर्वतारोहण तथा अन्तर्राष्ट्रिय खेल विभागका उपाध्यक्ष एवं महासचिव झोङ सी, युनान विश्वविद्यालयका प्राध्यापक एन सुइगेनलगायत पोखरा आईपुगेका छन् ।
खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा प्रतियोगता गर्न लागिएको संयोजक विश्वशङ्कर पालिखेले जानकारी दिए । प्रतियोगिताको सहआयोजकमा युनान माउन्टेनरिङ एण्ड आउटडोर स्पोर्टस् एशोसिएसन र होटल एशोसिएसन पोखरा रहेका छन् ।

संयोजक पालिखेका अनुसार सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरेर चार विधामा प्रतिस्पर्धा हुनेछ । सामूहिक प्रतिस्पर्धामा २० समूहले प्रतिस्पर्धा गर्नेछन् । सामूहिक विधामा नेपाल र मित्र राष्ट्र चीनका १०–१० टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कुल छ सय खेलाडी सहभागी हुने संयोजक पालिखेले बताए ।
दौड, साइक्लिङ र डुङ्गा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेता चयन गरिनेछ । सामूहिक विधातर्फको विजेताले रु तीन लाख ६० हजार पुरस्कार पाउनेछन् । द्वितीयले रु दुई लाख ८८ हजार, तृतीयले रु दुई लाख १६ हजार र चौथो स्थान प्रप्त गर्नेले रु एक लाख ४४ हजार पुरस्कार पाउने आयोकजले जनाएको छ ।
यसैगरी व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला पुरुषले जनही रु एक लाख ४४ हजार पुरस्कार पाउनेछन् । उपविजेताले रु एक लाख आठ हजार, तृतीयले रु ५४ हजार र चोथौदेखि सातौँसम्मको रु १८ हजार र दसौँसम्मका धावकले रु नौ हजार पुरस्कार पाउनेछन् । लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसेखोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचीबोट हुँदै बाराहीघाटमै आएर समापन हुनेछ ।
यसैगरी पाँच किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताका विजेता छात्र–छात्राले जनही रु २५ हजार पाउनेछन् । द्वितीयले रु २० हजार, तृतीयले रु १५ हजार, सान्त्वनाले रु १० हजार र पाँचौँले रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

















Nepal Telecom’s role for economic prosperity laudable: Home Minister Aryal
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’
Number of water birds declines in Nepal in recent years
Pakistan reiterates call for full implementation of UNSC Resolution 47
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया