कान्तिपुरविरुद्ध तेस्रो चरणको आन्दोलन सुरु

काठमाडौं । कान्तिपुर पब्लिकेसन्स प्रालिले श्रमजीवी पत्रकार र कर्मचारीलाई गैरकानुनी निस्कासन गरेको, जथाभावी सरूवा गरेको र ९८ दिनदेखि तलब नदिएको विरोधमा नेपाल पत्रकार महासंघको नेतृत्वमा भैरहेको आन्दोलन अन्तर्गत तेस्रो चरणको कार्यक्रम शुक्रबारबाट सुरु भएको छ ।
जसअन्तर्गत दिउँसो ४ बजेदेखि ५ बजेसम्म कान्तिपुर पब्लिकेसन्सको मूलगेटमा धर्ना कार्यक्रम सम्पन्न भएको छ । धर्नामा महासंघका अध्यक्ष विपुल पोखरेलले कान्तिपुरलाई श्रमजीवीका समस्यालाई जतिसक्दो छिटो समाधान गर्न चेतावनी दिए । कान्तिपुरले गैरकानुनी सरुवा र निस्कासन बदर गर्न, तीन महिनाभन्दा बढी समयको बाँकी तलब भुक्तानी गर्न र श्रमजीवी पत्रकार ऎन कार्यान्वयन गर्न जति ढिलो गर्छ, त्यति नै उसको स्खलन हुने भएकाले गम्भीर बन्न व्यवस्थापनलाई पुनः आग्रह गरे ।
महासंघका कोषाध्यक्ष कलेन्द्र सेजुवालले कान्तिपुर व्यवस्थापनको अत्याचार सहनै नसकिने भएपछि कान्तिपुरबाट राजीनामा दिएर आन्दोलनको मोर्चामा उभिएको बताए । उनले कान्तिपुर र द काठमाडौं पोस्ट्मा सम्पादकीय स्वतन्त्रता हराएकाले महासंघले सम्पादक खोजी गरिरहेको प्रस्ट पारे । आजको धर्नाको समाचार भोलि पत्रिकामा आयो भने महासंघले सम्पादक भेटिएको विश्वास गर्ने पनि उनले बताए । उनले नेपाल पत्रकार महासंघको नेतृत्वमा भैरहेको आन्दोलन देशव्यापी भइसकेको र जायज मागहरू पूरा नभएसम्म नरोकिने पनि बताए ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पत्रकारका जायज माग सम्बोधनमा ढिलाइ नगर्न चेतावनी दिए । उनले वार्ताको बाटोलाई खुला राखेर आन्दोलनमा होमिएको तर त्यसका लागि व्यवस्थापनले पत्रकारको निस्कासन र सरुवा बदर गर्नुपर्ने, फोन गरेर र बोलाएर राजीनामा माग्ने कार्य तत्काल बन्द गर्नुपर्ने तथा बाँकी तलब भुक्तानी गर्नुपर्ने बताए ।
धर्नामा नेपाल पत्रकार महासंघका अध्यक्ष पोखरेल, महासचिव रोशन पुरी, कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू रामकृष्ण अधिकारी, मणि दाहाल, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसीलगायत पत्रकारसम्बद्ध विभिन्न संघसंस्थाका पदाधिकारी र प्रतिनिधिको सहभागिता रह्यो । कान्तिपुरविरुद्ध अर्को धर्ना मंसिर ११ गते हुने कान्तिपुर आन्दोलन समन्वय समितिले जनाएको छ ।
















काठमाडौँ– ४ को क्रमशः तातेको चुनावी माहोल
निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छः प्रधानमन्त्री कार्की
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया