अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित

काठमाडौँ । ग्लोबल नेप्लिज कराते अर्गनाइजेसनले १०औँ विश्व सितोरियो कराते च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई आज नगदसहित सम्मान गरेको छ । इन्डोनेसियाको जकार्तामा गत सेप्टेम्बर २२ देखि २४ तारिखसम्म भएको उक्त प्रतियोगितामा नेपालले एक स्वर्ण, तीन रजत र छ काँस्यपदक जितेको थियो ।
नेपालका लागि एरिका गुरुङले एक मात्र स्वर्ण दिलाएकी थिइन् । कार्यक्रममा १९औँ एसियाली खेलकुदकी ऐतिहासिक रजत विजेतासमेत रहेकी एरिकालाई ३० हजार नगदसहित प्रशंसा पत्र प्रदान गरियो ।
त्यस्तै रजत विजेता विप्लवलाल श्रेष्ठ, निरुपमा दोङ तामाङ र मोहम्मद शेखु अलामले १५ हजार नगदसहित प्रशंसा पत्र पाए ।
कास्य पदक जितेका सन्तोष श्रेष्ठ, सविना श्रेष्ठ, आशिष थापा, पुष्पका लामा, एलिशा राजकोटी मगर र सानुमाया थिङले जनही रु १० हजारसहति प्रशंसापत्र प्रदान गरियो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, अर्गनाइजेसनका अध्यक्ष एवं आठौंँ दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता सुरेन्द्रलाल श्रेष्ठ, अर्गनाइजेसनका प्रमुख सल्लाहकार एवं करातेका संस्थापक थानेश्वर राई र नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामाले नगद, प्रशंसापत्र, खेल सामग्री र सहयोग रकम हस्तान्तरण गरेका थिए ।
सोही अवसरमा एसियाली खेलकुदका प्रशिक्षकद्वय कुशल श्रेष्ठ, छोरी मैया डङ्गोल र वीरकृष्ण शाही तथा टिम व्यवस्थापक निवासगोपाल वैद्यलाई पनि प्रशंसापत्रबाट सम्मान गरिएको थियो ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया