सुत्केरीको मृत्यु भएपछि जनकपुर प्रादेशिक अस्पताल तनावग्रस्त
मेरोन्यूज
२०८० मंसिर ९ गते १५:५२

काठमाडौं । प्रादेशिक अस्पताल जनकपुरमा एक प्रसूति महिलाको मृत्यु भएको छ ।
महोत्तरीको मठिहानी नगरपालिका-३ बर्दाहाकी २५ वर्षीया तजवुल खातुनको मृत्यु भएको हो । बच्चा भने सुरक्षित रहेको बुझिएको छ ।
शुक्रवार साँझ ७ बजे चिकित्सकले शल्यक्रिया गरेका थिए । रातभर अवस्था सामान्य रहेको र आज बिहान रक्तस्राव भएर खातुनको मृत्यु भएको बताइएको छ ।
उनको मृत्युको विषयलाई लिएर अहिले अस्पताल तनावग्रस्त बनेको छ । मृतक महिलाका आफन्तहरुले डाक्टरले लापरबाही गरेको आरोप लगाएका छन् ।
सुत्केरी महिला खातुनको शव अहिले अस्पतालमै छ । आफन्तले शव बुझ्न मानेका छैनन् ।
यता अस्पतालका निर्देशक डा. रामनरेश पण्डितले भने खातुनको उपचारमा कुनै प्रकारको लापरबाही नभएको दाबी गरेका छन् ।
सम्बन्धित
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया