पूर्वराजा ज्ञानेन्द्रलाई गगनले भने- च्याँखे दाउ नहान्नुस्, पार्टी खोलेर चुनाव लड्न आउनुस्
मेरोन्यूज
२०८० मंसिर ९ गते १७:५१

गुल्मी । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजतन्त्र फर्काउन मन भए पार्टी खोलेर चुनाव लड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई आग्रह गरेका छन् ।
शनिबार कांग्रेस गुल्मीको सम्मेलनमा बोल्दै थापाले पूर्वराजा शाहलाई यस्तो आग्रह गरेका हुन् ।
‘राजाले पनि जुवाको खालमा गएर च्याँखे दाउ हान्ने होइन। च्याँखे दाउ नहान्नुस् महाराज, खेल्ने भए सिधै खालमा आए हुन्छ, कांग्रेस भिड्न तयार छ।’ उनले भने, ‘जाने पार्टी खोल्ने, चुनाव लड्ने, हाम्रो संविधानले दिन्छ, (बहुमत) ल्याउने संविधान बदल्ने फेर्ने (राजतन्त्र) फर्काउने, नेपाली कांग्रेस यो कुराका लागि तयार छ ।’
नेपालमा राजाहरुकै बदनियतकै कारण राजसंस्था गएको भन्दै उनले कांग्रेस कार्यकर्ता यसमा प्रष्ट हुनुपर्ने बताए ।
सम्बन्धित
















उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
काठमाडौँका भूमिहीन र अव्यवस्थित बसोबासीको डिजिटल लगत सङ्कलन गर्दै सरकार
आयोगद्वारा यादव विरुद्ध सर्वोच्चमा पुनरावेदन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया