विपक्षीको आत्मघाती गोलले हारबाट जोगियो बार्सिलोना
मेरोन्यूज
२०८० मंसिर ९ गते २१:११

मड्रिड । बार्सिलोना विपक्षी टोलीको आत्मघाती गोलको मद्दतले हारबाट जोगिएको छ । शनिबार भएको खेलमा बार्सिलोनाले रायो भायोकानोसँग १–१ को बराबरी खेलेको हो ।
खेलको ३९ औँ मिनेटमा उनाई लोपेजले रायोलाई अग्रता दिलाएका थिए । यसअघि फ्रांकी डी योङको गल्तीमा रायोले गोलको अवसर पाएको थियो, तर त्यसलाई गोलकिपर इनकाई पेनाले बचाउ गरेका थिए ।
दोस्रो हाफमा बार्सिलोनाले गोलका केही अवसर सिर्जना गरे पनि त्यसलाई परिणत भने गर्न सकेन । हारतर्फ अघि बढिरहँदा रायोका फलोरियान लेजेउनले आत्मघाती गोल गरेपछि बार्साले केही राहत पाएको थियो ।
बराबरपछि बार्सा र म्यानेजर ज्याभीमाथि दबाब बढेको छ । टोलीले पछिल्ला चारमध्ये तीन खेलमा अंक गुमाएको छ । १४ खेलपछि ३० अङ्कसहित बार्सा लिगको तेस्रो स्थानमा छ । २१ अङ्कसहित रायो आठौँ स्थानमा रहेको छ ।
सम्बन्धित
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया