मंगलबार, माघ २७, २०८२

सप्तरीमा सशस्त्र प्रहरीद्वारा कटुवा पेस्तोल बरामद

मेरोन्यूज २०८० मंसिर ११ गते १७:२९

सप्तरी । सप्तरी जिल्लाको बलानबिहुल गाउँपालिका ४ वेल्हीस्थित सीमा ईलाकाबाट मंसिर १० गते राति एउटा कटुवा पेस्तोल र सोको २ राउण्ड गोली सशस्त्र प्रहरीले बरामद गरेको छ ।

मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका व्यक्तिले बिओपी बेल्हीको टोलीलाई देख्नासाथ उनीहरुले बोकेको कपडाको पोका सोही ठाउँमा छाडी फरार भएपछि सो पोका चेक जाँच गर्दा कटुवा पेस्तोल र गोली फेला परेको हो ।

बरामद कटुवा पेस्तोल तथा गोली जिल्ला प्रहरी कार्यालय सप्तरी राजविराजमा बुझाईएको छ ।

प्रतिक्रिया