उग्रतारा मेला देहिजाँत आज मनाइँदै

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठमा पर्ने उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेला (देहीजाँत) आज मनाइँदै छ । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी नगरपालिका-८ मा रहेको उग्रतारा मन्दिरमा सोमबार बेलुकीदेखि सुरू भएको हो ।
हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउँसेडी मेला लाग्ने गर्दछ । देहीजाँतमा अमरगढी नगरपालिकाका चार वटा गाउँबाट देउरो आउने गर्छ । खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँमा रहेका भ्राण (देवीको भण्डार) बाट बिहान उज्यालो नहुँदै देउरो आउने गर्छ । त्यसअघि कार्तिक शुक्ल पूर्णिमाको राति, भक्तजन उग्रतारा मन्दिर पुग्ने गर्छन् ।
रातभर भगवतीको पूजा–आराधना गरेका श्रद्धालु दिउँसो दिउँसेडीको मेला हेरेपछि घर फर्किन्छन् । सुदूरपश्चिम क्षेत्रको मुख्य धार्मिक तथा पर्यटकीयस्थलमध्ये एक रहेको उग्रतारा क्षेत्र विकास समिति अध्यक्ष तेजबहादुर साँकीले बताए ।
झण्डै दुई हजार पाँच सय वर्ष अगाडि हालको अमरगढी नगरपालिका अन्तर्गतपर्ने लटाउली गाउँमा बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा भगवती उत्पन्न भएको लोक कथन छ । हलोको फाली लागेर शिलाबाट रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएको र त्यस दिनदेखि दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको मुख्य पूजारी लोकराज भट्टले बताए ।
यस मन्दिरमा पूजाआजा तथा दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ । देहिजाँत हेर्न सुदूर पश्चिमलगायत कर्णाली प्रदेश र भारतको उत्तराखण्डबाट समेत हिन्दू धर्मालम्बी आउने गर्दछन् । यो मन्दिर सदरमुकाम बागबजारबाट छ किलोमिटर टाढा दशरथचन्द राजमार्गमा अवस्थित छ ।
यस मन्दिरमा कार्तिक शुक्ल पूर्णिमा, दसैँ अष्टमिका दिन भज्य पूजा हुने गर्छ भने अन्य समयमा पनि विवाह वर्तबन्ध तथा धार्मिक पूजा हुनेगर्छ । यस मन्दिर माता भगवती विभिन्न अवतारमध्ये एक मानिन्छ । उग्रतारा मन्दिरमा संस्कृत पाठशाला पनि छ ।
















रुस–युक्रेन युद्धबारे अबुधाबीमा दुई पक्षबीच वार्ता सुरु
साफ महिला च्याम्पियनसिप : बङ्गलादेशसँग पराजित भएसँगै नेपाल बाहिरियो
इण्डो नेपाल टी–२ च्यापिम्यनसीपकाे उद्घाटन खेलमा आसाम विजय
बागलुङमा ११५ थान भरुवा बन्दुक बरामद
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
नारायणी नदीमा सञ्चालनमा आयो ‘राइनो क्रुज’
प्रतिक्रिया