प्रधानमन्त्रीलाई लिएर जहाज उड्दा विमानस्थलमै छुटे ३१ यात्रु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लिएर जहाज उड्दा ३१ जना यात्रु विमानस्थलमै छुटेका छन् ।
दुबईमा आज हुन लागेको (कोप–२८) मा भाग लिन बुधवार राती प्रधानमन्त्री दुबई प्रस्थान हुँदा ३१ यात्रु त्रिभुवन विमानस्थलमै छुटेका हुन् ।
दुबईको नियमित उडान तालिका २ घण्टा अघि सार्दा टिकट काटेका यात्रु विमानस्थलमै छुटेका हुन्।
काठमाडौँ देखि दुबई जाने जहाजको उडान तालिका साढे ११ बजेको भनिए पनि गएराति साढे ९ बजे नै त्रिभुवन विमानस्थलबाट विमान उडेको थियो।
प्रधानमन्त्री प्रचण्डले नै सम्बोधन गर्ने कोप २८ मा सहभागी हुन जान लागेका प्रज्वल विक्रम रानाले भने, ‘प्रधानमन्त्री जाने कारण २ घण्टाअघि उडान तालिका सरेको रहेछ,’।, ‘नेपाल एयरलाइन्सले यात्रुलाई जानकारी नै नदिदाँ धेरै जना छुटेका छन्।’
साथै रानाले आफू साढे ८ बजे विमानस्थलमा पुग्दा बोडिङ गर्ने ठाउँमा कर्मचारी नै नभएको दाबी गरेका छन्।
३१ जनालाई नेपाल एयरलाइन्सले होटलमा लगेर राखेको छ। बिहीबार विभिन्न उडान मार्फत् उनीहरुलाई दुवई पठाउने नेपाल एयरलाइन्सले जानकारी दिएको छ।
















कांग्रेस-एमालेबाहेक प्रदेशमा अर्को सरकार बन्दैन : गगन थापा
पूर्वकर्मचारीको अनुभवले संस्थागत क्षमता थप सुदृढ हुन्छः महानिरीक्षक पौडेल
विधिद्वारा स्थापित पद्धति र परम्परा पालनामा हुनुपर्छ: राष्ट्रपति
बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया