विमानस्थलबाट ८ लाख भारूसहित २ भारतीय नागरिक पक्राउ

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ भारतीय नागरिक पक्राउ परेका छन् । बिहीबार दिउँसो प्रहरीले उनीहरुलाई ८ लाख भारतीय रूपैयाँसहित पक्राउ गरेको हो ।
प्रहरी प्रधान कार्यालय नक्शालले दिएको जानकारी अनुसार बिसतारा एयरको उडानबाट दिल्ली जान लागेका ३५ वर्षीय धर्मेन्द्र नागर र ४२ वर्षीय पंकज गुप्तालाई बिहीबार दिउँसो विमानस्थलबाट पक्राउ गरेको शुक्रबार जारी बुलेटिनमा उल्लेख छ ।
अन्तर्राष्ट्रिय उडानतर्फको ह्याण्ड व्याग चेकिङ एरियामा जाँच गर्ने क्रममा उनीहरुबाट भारतीय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार धर्मेद्र नागरको साथबाट ५ सय दरका ७५७ थान, दुई सय दरका २३० थान र १ सय दरका ६७० थान गरी जम्मा ४ लाख ९१ हजार ५०० भारतीय रुपैयाँ बरामद भएको छ । यसैगरी पंकज गुप्ताको साथबाट ५ सय दरका ६१७ थान गरी ३ लाख ८ हजार ५०० भारतीय रूपैयाँ बरामद भएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धानका लागि ललितपुरको पुल्चोकस्थित राजश्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ ।
















भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
PM Karki urges security bodies to remain on high-alert for election security
Bangladesh EC secretary rules out security concerns, assures smooth polling on Feb 12
नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र गर्याे सकुशल उद्धार
बागमती प्रदेश सभाबाट ९० विधेयक पारित
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया