मंगलबार, माघ २७, २०८२

धुलिखेलमा गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

मेरोन्यूज २०८० मंसिर १६ गते ८:०७

काठमाडौँ । काभ्रेको धुलिखेलमा गाडीको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

आज (शनिबार) बिहान बीपी राजमार्गमा पर्ने धुलिखेल नगरपालिका– ११ पात्लेखेतमा भकुन्डेबेँसीबाट काठमाडौँतर्फ आउँदै गरेको प्र१-०१-००१ च ८५९२ नम्बरको योद्धा गाडीले ठक्कर दिँदा सोही ठाँउका स्थानीय ५० वर्षीय यमुनाप्रसाद धितालको मृत्यु भएको हो।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका धिताललाई उपचारको लागि धुलिखेल अस्पताल लगिए पनि अस्पताल पुर्याउनासाथ धिताललाई चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयकाभ्रे प्रहरीले जनाएको छ।

ठक्कर दिने गाडी र चालकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रतिक्रिया