गगन- विश्वप्रकाशकै अगाडी थुनामा रहेका खाँणलाई लुम्बिनी कांग्रेसको सम्मान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेदेखि नै कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्व्प्रकाश शर्माले पूर्व गृहमन्त्री समेत रहेका बालकृष्ण खाणलाई पार्टीले निलम्बन गर्नुपर्ने माग गरेका थिए । तर न नेपाली कांग्रेसले खाणलाई निलम्बन गरयो न कुनै कारवाही नै ।
उल्टै खाणलाई कांग्रेसले आज एक कार्यक्रममा सम्मान गरेको छ । त्यो पनि खाण पक्राउ पर्दा देखि नै निलम्बनको माग उठाउँदैं आएका गगन थापा, विश्वप्रकाश शर्माकै अगाडी ।
प्रसंग हो कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनको । त्यहाँको प्रदेश कमिटिले खाँणलाई लुम्बिनीमा पार्टी काममा पुरयाएको योगदानको चर्चा गदैं अभिभावका रुपमा सम्मान गर्ने निर्णय लियो । प्रदेश सम्मेलनको अवसर पारेर पार्टी सभापतिकै हातबाट खाणलाई सम्मान गर्ने कार्यक्रम कांग्रेसको लुम्बिनी प्रदेश कमिटिले बनायो । खाण थुनामै रहेपनि खाणका तर्फबाट सम्मान लिन उनका भाई समेत रहेका कांग्रेस रुपन्देहीका जिल्लाका पार्टी सभापति रामकृष्ण खाँणलाई उनको सम्मान वितरण गरिएको छ ।
सभापति देउवाले खाणको सम्मान उनका भाईलाई दिएका हुन् । कार्यक्रम सञ्चालक कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले खाँण लाई सम्मान गर्नुको कारण खुलाउादै लुम्बिनी प्रदेशको अभिभावक भएको बताए । ‘आदरणीय हाम्रा नेता, राजनीतिक रुपमा यस प्रदेशका अभिभावक, आर्थिक रुपमा राजनीतिक रुपमा जहिले पनि अभिभावकत्व निर्वाह गने दाजु आज हाम्रा सामु हुनुहुुन्न बालकृष्ण खाँणज्यू, उहाँको सम्मानपत्र ग्रहण गरिदिनुहुन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाँणज्यूलाई हार्दिक अनुरोध गर्दछु’ उनले भने ।
सम्मानपत्र लिन बालकृष्णका भाइ रामकृष्ण मञ्चमा गएका थिए । कांग्रेस सभापति शेरबहादुर देउवाले खाँणलाई सम्मानपत्र प्रदान गरे भने केन्द्रीय सदस्य शेखर कोइरालाले रामकृष्ण खाँणलाई खादा ओढाए ।
मञ्चमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर पनि थिए । यद्यपि खाँणलाई सम्मान गर्दा उनीहरु भने उठेनन् ।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाँण २७ वैशाखमा पक्राउ परेका थिए भने १ असारमा जिल्ला अदालत, काठमाडौंले खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । पक्राउ गरेसँगै खाँणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको थियो । पुर्पक्षका लागि थुनामा गएपछि साउनमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापासहितका केही नेताले निलम्बनको माग गरेका थिए ।
तर कांग्रेसले निलम्बन गरेन । पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध खाँणले गरेको पुनरावेदन निवेदनमा शुक्रबार उच्च अदालत, पाटनमा संयुक्त इजलासका न्यायाधीशबीच राय बाझियो । अब तेस्रो न्यायाधीशको इजलासमा खाँणको मुद्दा जानेछ ।
















पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको यात्रु बस दुर्घटना: १६ जना घाइते
सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया