मंगलबार, माघ २७, २०८२

सर्लाहीमा बसको ठक्करबाट एक युवकको मृत्यु

मेरोन्यूज २०८० मंसिर १७ गते १०:२६

सर्लाही । सर्लाहीमा बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ।

शनिबार साँझ पूर्वपश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका ४ पुरानो चौकीमा दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा उछिट्टिएर सडकमा खसेका युवकलाई बसले किचेपछि मृत्यु भएको हो।

तीव्र गतिमा रहेको प्र२ ०३ ००६ प ६७ मोटरसाइकल र बा २ ब ५७६६ नम्बरको मोटरसाइकल आपसमा जुध्दा प्र२ ०३ ००६ प ६७ नम्बरको मोटरसाइकलमा सवार युवक सडकमा खसेका थिए। त्यहीबेला मलंगवाबाट काठमाडौँतर्फ जाँदै गरेको ना७ ख १८३६ नम्बरको बसले किच्दा युवकको घटनास्थलमै मृत्यु भएको सर्लाहीका डीएसपी दीपेन्द्र पञ्जियारले जानकारी दिए।

प्रहरीका अनुसार मृतक युवकको अझै सनाखत भएको छैन । उनको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ।

दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनामा परेको मोटरसाइकलका चालक भागेको कारण मृतक युवकको सनाखतमा समस्या परेको डीएसपी पञ्जियारले बताए।

प्रतिक्रिया