जुम्लामा लागुऔषध रोकथाम गर्न लालटिन समन्वय डेक्स समिति गठन

जुम्ला । जुम्लामा लागुऔषध रोकथाम तथा दुरुपयोग हुन नदिन जिल्ला लालटिन समन्वय डेक्स समिति गठन गरिएको छ ।
कर्णालीमा लालटिन अभियान कार्ययोजना २०८० अन्तर्गत जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश चन्दको संयोजकत्वमा नौ सदस्यीय सो समिति गठन गरिएको प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।
समितिको अन्य सदस्यमा चन्दननाथ नगरपालिका–४का वडाध्यक्ष नवराज देवकोटा, नागरिक समाजका जिल्ला अध्यक्ष राजबहादुर महत, नेपाल पत्रकार महासङ्घका शाखा अध्यक्ष नेत्रबहादुर शाही, जिल्ला प्रशासन कार्यालयका खरिदार रामकृष्ण पाण्डे, चन्दननाथ माविका शिक्षक पवन न्यौपाने, कर्णाली टिन चयालेन्ज ड्रग रिहाविलिटेशन समितिका अध्यक्ष सुवास बुढा, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सनत न्यौपाने र अर्का एक प्रहरी सहायक निरीक्षक रहेको उनको भनाइ थियो ।
सुर्खेतस्थित कर्णाली प्रदेश कार्यालयबाट निर्माण गरिएको उक्त कार्ययोजनामा लागुऔषध विरुद्ध जुम्ला जिल्लामा हुने गतिविधि अनुगमन गर्न र आवश्यक नीति तथा कार्यक्रम बनाउन सो समिति गठन गरिएको उनको भनाइ थियो ।
पछिल्लो समय जुम्लामा लागुऔषध प्रयोगकर्ता बढिरहेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उमेश चन्दका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा सातवटा आर्थिक वर्ष २०७९÷८० मा १२ वटा र गत साउनदेखि हालसम्म आठ वटा लागुऔषधका मुद्दा दर्ता भएकोे छ ।
















उदयपुरमा चार हजार ४३८ बालिकालाई एचपिभी खोप लगाइँदै
‘Good sense’ hailed as blockbuster Pakistan-India match to go ahead
रामेछाप तामाकोशी बस दुर्घटना : ४ जनाको मृत्यु, उद्धार कार्य जारी
Two Killed in Latest US Anti-Drug Strike in Eastern Pacific
Slight increase in gold, silver prices
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
युक्रेन र रुस युद्ध जुन भित्रमा अन्त्य गर्न अमेरिकी दबाब रहेको जेलेन्स्कीको भनाइ
प्रतिक्रिया