किरात गोल्डकप : बिर्तामोड युनाइटेड विजयी

पाँचथर । पाँचथरको फिदिममा जारी प्रथम किरात गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज सम्पन्न खेलमा बिर्तामोड युनाइटेड क्लब झापा विजयी भएको छ ।
रेडहर्स फुटबल क्लब इलामलाई १–० गोलअन्तरले पराजित गर्दै बिर्तामोड सेमिफाइनलमा प्रवेश गरेको हो । अनुभवी खेलाडीहरूले भरिएको बिर्तामोडका लागि श्याम मुर्मुले २२औँ मिनेटमा गरेको गोल नै विजयका लागि प¥याप्त बन्यो । निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने प्रयास गरेपनि सफल नहुँदा मुर्मुको गोल नै निर्णायक बन्यो ।
आजको खेलको उत्कृष्ट खेलाडी (म्यान अफ दी म्याच) घोषित हुँदै गोलकर्ता मुर्मुले रु। पाँच हजार रकम, पदक र प्रमाणपत्र प्राप्त गरे । शनिबारबाट सुरु प्रतियोगितामा भोलि डाँगीहाट फुटबल क्लब मोरङ र युनाइटेड फुटबल क्लब दार्जिलिङ भारतबीच प्रतिस्पर्धा हुने आयोजक संस्था पाँचथर फुटवल क्लबका अध्यक्ष अनुराग मगरले जानकारी दिए ।
निर्माणाधीन अवस्थामा रहेको फिदिम बजारस्थित फिदिम माध्यमिक विद्यालयको खेलमैदानलाई मर्मत गरी प्रतियोगिता आयोजना गरिएको छ । खेलमैदानमा दर्शकका लागि बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको छ । प्रतियोगिताको विजेताले रु। चार लाख चार हजार ४४४ र उपविजेताले रु। दुई लाख दुई हजार २२२ सहित ट्रफी हात पार्नेछन् । प्रतियोगिताअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा आयोजक पाँचथर फुटबल क्लबले मितेरी फुटबल क्लब तेह्रथुमलाई २–० गोलअन्तरले पराजित गरेको थियो ।
















सुशीला कार्कीकाे आक्राेश : अब बालेनकाे श्रीमतीलाई ‘आमा’ भन्नू
रूसद्वारा विजय दिवसमा सैन्य प्रदर्शन, पुटिने गरे नेटोको आलोचना
प्रधानन्यायाधीश सिफारिस कार्यक्षमताका आधारमा : उपसभामुख ठाकुर
लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया