आज तपाईंको राशिफल कस्तो छ ?

आज २०८० साल मंसिर १८ गते सोमवार । मंसिर कृष्ण सप्तमी पञ्चाङ्ग: वैधृति विष्टि/भद्रा मघा । डिसेम्बर ४ तारिख २०२३ ।
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : आज बोलीवचन, प्रवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । सरकारी नोकरीमा पदोेन्नतीको योग बन्नेछ ।
वृष : आज स्वास्थ्य प्रति सजग रहन जरूरी छ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला । आकस्मिक धन लाभको योग छ । महिला सहकर्मीको विशेष साथ मिल्नेछ ।
मिथुन : आज घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मनमा हर्ष र प्रसन्नता छाउनेछ । पत्नीको नाममा कारोवार राख्नुहोला । मनमा थप उत्साह छाउनेछ । पशु भयले सताउने देखिन्छ ।
कर्कट : आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर पनि प्राप्त हुनेछ । वैदेशिक कार्यमा व्यवधान आउने छ । प्रेम सम्बन्धमा खटपट आउला । पुत्र प्राप्तिको योग रहला ।
सिंह : आज धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग भेटघाट हुने र मन खुसी हुनेछ ।शैक्षिक लगानी बढ्नेछ । बोलीमा कठोरता उत्पन्न होला ।
कन्या : घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । स्वरोजगारीका निम्ति मानसिक चिन्ता बढ्ला । साँझमा भने शुभ समाचार मिल्नेछ ।
तुला : आज भविष्य र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । वाणीमा कुशलता आउने दिन पनि हो ।
वृश्चिक : आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।
धनु : आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक जमघट र भेटघाट हुनेछ ।
मकर : आज परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । यात्राले दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् ।
कुम्भ : आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ पनि दिनेछ
मीन : आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठमन्दिरको दर्शनले काम सम्पन्न गर्न मद्दत पुर्याउने र यात्राले शरीरमा ऊर्जा प्रदान गर्नेछ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया