आज तपाईंको राशिफल कस्तो छ ?

आज २०८० साल मंसिर १८ गते सोमवार । मंसिर कृष्ण सप्तमी पञ्चाङ्ग: वैधृति विष्टि/भद्रा मघा । डिसेम्बर ४ तारिख २०२३ ।
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : आज बोलीवचन, प्रवचन र भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । सरकारी नोकरीमा पदोेन्नतीको योग बन्नेछ ।
वृष : आज स्वास्थ्य प्रति सजग रहन जरूरी छ । सामाजिक काममा व्यस्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला । आकस्मिक धन लाभको योग छ । महिला सहकर्मीको विशेष साथ मिल्नेछ ।
मिथुन : आज घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मनमा हर्ष र प्रसन्नता छाउनेछ । पत्नीको नाममा कारोवार राख्नुहोला । मनमा थप उत्साह छाउनेछ । पशु भयले सताउने देखिन्छ ।
कर्कट : आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर पनि प्राप्त हुनेछ । वैदेशिक कार्यमा व्यवधान आउने छ । प्रेम सम्बन्धमा खटपट आउला । पुत्र प्राप्तिको योग रहला ।
सिंह : आज धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनसक्छ । दूरदराजमा रहेका आफन्तजनसँग भेटघाट हुने र मन खुसी हुनेछ ।शैक्षिक लगानी बढ्नेछ । बोलीमा कठोरता उत्पन्न होला ।
कन्या : घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । स्वरोजगारीका निम्ति मानसिक चिन्ता बढ्ला । साँझमा भने शुभ समाचार मिल्नेछ ।
तुला : आज भविष्य र करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । वाणीमा कुशलता आउने दिन पनि हो ।
वृश्चिक : आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।
धनु : आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक जमघट र भेटघाट हुनेछ ।
मकर : आज परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । यात्राले दुःख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् ।
कुम्भ : आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ । भाग्यले साथ पनि दिनेछ
मीन : आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठमन्दिरको दर्शनले काम सम्पन्न गर्न मद्दत पुर्याउने र यात्राले शरीरमा ऊर्जा प्रदान गर्नेछ ।
















एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ
इरानले युद्धविरामका लागि अनुरोध गरेकाे ट्रम्पकाे दावी इरानद्वारा अस्वीकार
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
पाकिस्तान र अफगानिस्तानका अधिकारीबीच चीनमा वार्ता
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
प्रशान्त महासागरको द्वीप राष्ट्र भानुआटुमा शक्तिशाली भूकम्प
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
प्रतिक्रिया