मंगलबार, माघ २७, २०८२

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

मेरोन्यूज २०८० मंसिर १८ गते ९:१९

मकवानपुर । मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको छ ।

जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१६ पानीस्वारामा मधेश प्रदेश ०३–००१ त ६९८७ नम्बरको ट्याक्टर गएराति अनियन्त्रित भई दुर्घटना हुँदा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मृत्यु हुनेमा ट्याक्टर चालक बारा निजगढ नगरपालिका वडा नम्बर–१३ बस्ने २६ वर्षीय डिलम थिङ र ट्याक्टरमा रहेका हेटौंडा–१६ पानीस्वाराका ५६ वर्षीय जितबहादुर थिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्याक्टर भिरबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको थियो ।

प्रतिक्रिया