मंगलबार, माघ २७, २०८२

धनगढीको एक घरबाट नगदसहित १२ तोला गरगहना चोरी

मेरोन्यूज २०८० मंसिर १८ गते ९:४९

धनगढी । धनगढीको एक घरबाट चोरी भएको छ ।

कैलालीको धनगगढी उपमहानगरपालिका– ४ तारानगरस्थित एक घरबाट नगदसहित सुन चाँदीका गरगहना चोरी भएको हो ।

तारानगरका करन बानियाको घरमा पुजाको लागी पहाड घर डोटी गएका बेला ८ तोला सुनका गरगहना, ४ तोला चाँदीको सामान र ३ लाख नगद चोरी भएको प्रहरीले जनाएको छ ।

स–परिवार बुधबार पुजाका लागि डोटी गएका बेला घरमा आइतबार घरमा पुग्दा चोरी भएको थाहा पाएको बानियाले बताए । चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दराज फोडेर नगद र गरहना चोरी लगेको घरधनी बानियाले जानकारी दिए ।

प्रतिक्रिया