आइतबार, वैशाख २७, २०८३

महाधिवेशन सार्न एकीकृत समाजवादीको सचिवालय बैठक सुरु

मेरोन्यूज २०८० मंसिर १८ गते १२:१०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय तिनकुने आलोकनगरमा केहीबेर अगाडीबाठ सचिवालय बैठक सुरु भएको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

Advertisement
NiccNicc

बैठकमा आसन्न राष्ट्रिय सभा निर्वाचन र पार्टीको महाधिवेशनका बारेमा छलफल हुादैछ । राष्ट्रि«य सभा चुनाव माघ ११ गते र एकीकृत समाजवादीले तय गरेको महाधिवेशनको मिति माघ १४ देखि १८ गतेसम्मका लागि छ ।
तर एकीकृत समाजवादीले यो सचिवालय बैठकबाट पार्टीको महाधिवेशनको मिति सार्ने तयारी गरेको छ ।

अध्यक्ष माधव नेपाल र बरिष्ठ नेता झलनाथ खनालका बीचमा पछिल्लो समय देखा परिरहेको शक्ति संर्घषका कारण पार्टीभित्र उमेर हदको विषय पनि पेचिलो रुपमा अगाडी आएपछि एकीकृत समाजवादीको महाधिवेशनको मिितका बारेमा रस्साकस्सी चल्न थालेको हो ।

अध्यक्ष नेपाल पार्टीभित्र ७० वर्षे उमेरहदको विषयलाई देखाएर महाधिवेशन निर्धारित मितिमा गर्न चाहान्थे । कारण थियो उनी फागुन २३ मा मात्रै ७० वर्ष पूरा हुादनैथिए । ७३ वर्षका झलनाथलाई पार्टीको नेतृत्वबाट पन्छाउन नेपालले एकीकृत समाजवादी तत्कालिन नेकपा एमालेको निरन्तरता नै भएको भन्दै ७० वर्षे उमेरहद लगाएर आफु ७० वर्ष पुग्नु अगावै महाविधेशन गरेर नेतृत्वमा झलनाथलाई रोकेर फेरि आफै आउन चाहान्थे । तर जाजरकोटमा गएको भूकम्पमा पार्टी पंक्ति त्यस क्षेत्रमा परिचालन हुनुपर्ने, महाधिवेशनको सम्मुखमै राष्ट्रिय सभा चुनाव हुने गरि मिति तोकिएकोले त्यसको तयारीमा पनि जुटनुपर्ने भएका कारण माधव नेपाल अप्ठ्यारोमा परेका छन् ।

उमेर हद ल्याएर पार्टी नेतृत्वमा आफुलाई रोक्न चाहने माधव नेपालको भित्री आकांक्षा बुझेका झलनाथ खनाल जाजरकोट भूकम्प, राष्ट्रि«य सभा चुनाव लगायतलाई देखाएरअ ब माघ तेस्रो साता तोकिएको महाधिवेशनको मिति सार्न चाहिरहेका छन् । त्यसो गर्दा नेपालको पनि उमेर हद पार हुने र पार्टीभित्र उमेरहद तोक्ने विषय पाखा लाग्ने बुझाईमा खनाल छन् ।

यही मेसोका बीचमा एमालेको सचिवालय बैठक आज काठमाडौंमा सुरु भएको हो । यही बैठकले अब महाधिवेशन सार्नेबारेमै अब निर्णय लिनसक्ने एकीकृत समाजवादीका एक सचिवालय सदस्यले मेरोन्यूजलाई जानकारी दिएको छ ।

प्रतिक्रिया