आइतबार, वैशाख २७, २०८३

रास्वपा फुट्ने कल्पना पनि नगर्नुस् : तोसिमा

मेरोन्यूज २०८० मंसिर १९ गते १२:४६

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद डा. तोसिमा कार्कीले पार्टी फुट्ने कुरा कल्पना पनि गर्न नसकिने बताएकी छन् । कार्की पार्टीमा असन्तुष्ट रहेको समाचारहरू प्रकाशित भएपछि उनले सामाजिक सञ्जालमार्फत यसबारे स्पष्टीकरण दिएकी हुन् ।

Advertisement
NiccNicc

कार्कीले लेखेकी छन्, ‘के रे के रे ? फुट्ने रे ? कल्पना पनि नगर्नुस्, हुँदैन हामी त्यसो हुनै दिँदैनम् । साना लक्ष्यले जुट्या पार्टी हैन, देश बनाउने पार्टी हो, देश बनाउने । चौरासी त हुन्छ हुन्छ । हुनैपर्छ जनताले देश भित्रै सम्भावना र समृद्धि देख्न पाउनै पर्छ । साना दौडमा हिँड्या होइनौ । देश बनाउन हिँड्या हौँ, देश बनाउन । ठूलो छाती ठूलो मुटु लिएर हिँड्या छौ । त्यसैले कोसिस नगर्नुस्, सक्नुहुन्न ।’

उनले २०८४ मा घण्टी बज्ने भन्दै आफ्नो पार्टीको महाअभियानमा जुट्नका लागि सबैलाई आग्रहसमेत गरेकी छन् । आफूले विधिको शासन भनेर सामाजिक सञ्जालमा लेख्दा फरक-फरक व्याख्या भएको भन्दै सबै ठाउँमा विधिको शासन स्थापित गरेर छोड्ने दाबीसमेत गरिन् ।

उनले लेखेकी छन्, ‘घण्टी त बज्छ बज्छ चौरासीमै बज्छ बरु आउनुस् तपाईँहरू पनि यो महाअभियानमा नछुट्नुस् । विधिको शासन ? ए ए, सबैले आ–आफ्नै व्याख्या प्रतिव्याख्या गर्नुभएछ । विधिको शासन देशमै छैन हजुर । सरकारमै छैन । स्वास्थ्य मन्त्रीको हरकतमा छैन । न्यायालयमै छैन । निराश नहुनुस्, सबै ठाउँमा हामी त्यो स्थापित गरेरै छाड्छौँ ।’

प्रतिक्रिया