राष्ट्र बैंकको नाफा ८७ अर्ब, २५ अर्ब सरकारलाई दिने

काठमाडौंं। राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा ८७ अर्ब रुपैयाँ नाफा कमाएको छ ।
यो नाफा बैंकसँग मौज्दात रहेको सुन, चाँदी तथा विदेशी मुद्रा सञ्चितिको अहिले मूल्य अनुसार गरिएको मूल्यांकनको आधारमा समेत भएको हो । अहिलेको मूल्य अनुसार मौज्दात रहेको सुन, चाँदीमा राष्ट्र बैंकलाई १७ अर्ब ११ करोड र विदेशी मुद्रामा १० अर्ब रुपैयाँ नाफा छ। यो बिक्रीबाट भएको नाफा होइन, सोही कारण यो वास्तविक नाफा नभई मूल्य उतारचढावले देखिएको नाफा मात्रै हो ।
यसबाहेक नै पनि बैंकको ६० अर्ब ४८ करोड रुपैयाँ नाफा भएको छ। जबकी अघिल्लो वर्ष बैंकको यस्तो नाफा २८ अर्ब ४२ करोड रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी ३३ अर्बबाट बढेर ६२ अर्ब रुपैयाँ पुगेको छ। विदेशी मुद्रामा भएको खुद ब्याज आम्दानी ४७ अर्ब २२ करोड र घरेलु मुद्रामा रहेको वित्तीय सम्पत्तिबाट भएको खुद ब्याज आम्दानी १५ अर्ब ३४ करोड रुपैयाँ छ ।
बैंकले ४ अर्ब ४८ करोड खुद अन्य आम्दानी गरेको छ। फी, कमिसनबाट १२ करोड, सुनको कारोबारबाट ५८ करोड, विदेशी मुद्राको कारोबारबाट २ अर्ब ४३ करोड कमाएको छ । बैंकको कर्मचारी खर्च ३ अर्ब ४८ करोडबाट बढेर ३ अर्ब ९२ करोड पुगेको छ ।
बैंकका गभर्नर, डेपुटी गभर्नर लगायतको पारिश्रमिक र भत्ता दुवै बढेको छ। गभर्नरको पारिश्रमिक भने १३ लाख ९४ हजारबाट बढेर १६ लाख ३२ हजार पुगेको छ । गभर्नरले गत आर्थिक वर्षमा भने ४४ लाख रुपैयाँ भत्ता लगायत बुझेका छन् । गत कात्तिक २२ गते बैंकको सञ्चालक समितिको बैठकले उक्त मुनाफाबाट विभिन्न आवश्यक कोषहरूमा छुट्ट्याउनु पर्ने रकम विनियोजन गरी बाँकी बचत रकम २५ अर्ब नेपाल सरकारलाई दिने निर्णय गरेको छ ।
















बिदा विवादले अन्यौलमा अस्पताल, चिकित्सक भन्छन्- आइतबार काम गर्न सकिँदैन
पाकिस्तानमा वार्ता चलिरहँदा ट्रम्पले भने- ‘इरानले ठुलो हार ब्यहोरिरहेछ’
इस्लामावादमा इरान–अमेरिका वार्ता सुरु
सङ्घीयता सुदृढ बनाउन संविधान संशोधन गर्न सकिन्छ: संयोजक दाहाल
नुवाकोटमा आफैँले काटेको रुखले लागेर एक जनाको मृत्यु, दुई घाइते
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
आज देशभर मौसम बदली,यी स्थानमा भारि वर्षा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया