औषधि पसलमा काठमाडौं महानगरको निगरानी, प्रक्रिया पूरा नगरे बन्द गरिने

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रमा अवैधरूपबाट चलिरहेका औषधि पसललाई सचेत गराएको छ ।
मेयर बालेन्द्र(बालेन) शाहले बुधबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत अनधिकृत व्यक्तिहरुबाट औषधी बिक्री वितरण भइरहेको, औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधीसमेत बिक्री वितरण भइरहेका तथा चिकित्सकको प्रेस्किप्सनविना बिक्री भइरहेको गुनासो आइरहेको भन्दै त्यस्ता पसलहरूले तत्काल सुधारात्मक कदम चाल्न ध्यानाकर्षण गराएका छन् ।
उनले भनेका छन्,‘काठमाडौं महानगरपालिका स्वास्थ्य विभागबाट इजाजत पत्र नलिई सञ्चालनमा रहेको विभिन्न गुनासाहरू आम उपभोक्ताहरूबाट आइरहेको छ । काठमाडौं महानगरपालिकाको स्वास्थ्य विभागबाट अनुगमन गर्दा समेत उल्लेख भए अनुसार भएको पाइएको छ यसमा हामी गम्भीर छौँ’,।
यही मंसिर २९ गते भित्र आवश्यक कानूनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा नगर्ने औषधि पसल बन्द गरिने समेत उनले जानकारी गराएका छन् ।

















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया