विराटनगर आगलागी : एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर
मेरोन्यूज
२०८० मंसिर २० गते १६:१४

विराटनगर । मोरङको विराटनगरस्थित सातघुम्तीमा रहेको एक कवाडी गोदाममा आज दिउँसो भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ ।
आगलागीमा परेर घाइते भई न्युरो अस्पतालमा उपचार गराइरहेका चार जनामध्ये विराटनगर ७ का ३० वर्षीय दिपक मण्डलको मृत्यु भएको हो । मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् ।
यस्तै ४ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते चारमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
विराटनगरको सात घुम्ती चोकमा रहेको कवाडी गोदाममा आज दिउँसो एक्कासी आगलागी भएको थियो । आगलागीको कारण पनि खुलिसकेको छैन ।
सम्बन्धित
















चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
सर्लाहीमा कार दुर्घटना : एक युवकको मृत्यु, ३ जना घाइते
निर्वाचन सुरक्षाका लागि आजदेखि सेना परिचालन गरिदै
बाल सुधारगृह सानोठिमीमा अब बालिका मात्रै राखिने
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
आज पनि १३ हजार ४ सयले घट्यो सुनको भाउ
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया