मंगलबार, माघ २७, २०८२

एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता

मेरोन्यूज २०८० मंसिर २० गते १७:४९

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलविरुद्ध उच्च अदालत पाटनमा रिट दर्ता भएको छ। एनसेलको ८० प्रतिशत सेयर बिक्री अवैध भएको भन्दै बाजुराका गोकुलबहादुर रोकायाले रिट दायर गरेका हुन्।

दर्ता भएको रिटमा एनसेलको सेयर ब्रिकी शंकास्पद गहिरो अनुसन्धानको समेत माग गरिएको छ । पाँच वर्षअघि स्वीडिस कम्पनी टेलियासोनेरासँग १.३ विलियन अमेरिकी डलरमा आजियाटाले किनेको एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा भुक्तानी गर्नेगरी भएको ब्रिकी शंकास्पद भएको रिटमा उल्लेख गरिएको छ।

उच्च अदालत पाटनले आगामी बिहीबारलाई पेशी तोकिएको छ ।

प्रतिक्रिया