मंगलबार, माघ २७, २०८२

अमेरिकाको नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा ३ जनाको मृत्यु

मेरोन्यूज २०८० मंसिर २१ गते ८:०८

काठमाडौं । अमेरिकाको लसभेगासमा रहेकाे नेभाडा विश्वविद्यालय परिसरमा गोली चल्दा ३ जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन् ।

लसभेगास शहरको प्रहरीले बुधबार बिहान भएको यो घटनाबारे सामाजिक सन्जाल एक्समार्फत् जानकारी दिएको हो । प्रहरी कारबाहीमा संदिग्ध आक्रमणकारी पनि मारिएका छन् । मृतक र घाइतेको परिचय खुलेको छैन । गोली चल्नुको कारण खुलेको छैन ।

प्रहरीका अनुसार उक्त घटना विश्वविद्यालयको बीम हल नजिक भएको हो, जहाँ बिजनेस स्कुल र अन्य सुविधाहरु छन् । प्रहरीले अहिले स्थिति नियन्त्रणमा रहेको र कुनै खतरा नरहेको जनाएको छ ।

प्रतिक्रिया