शनिबार, चैत २८, २०८२

बिहिवार सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

मेरोन्यूज २०८० मंसिर २१ गते ११:५२

काठमाडौं । बिहिवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा २०० रुपैयाँले बढेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

बुधवार तोलामा एक लाख १८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज २०० रुपैयाँले बढेर तोलामा एक लाख १८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुन तोलामा एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ४६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया